सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका ११ बाट करिब ४८ किलो ८३ ग्राम अवैध लागूऔषध गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको छ । मोटरसाइकलमा गाँजा बोकी ल्याउँदै गरेका व्यक्ति भने प्रहरी देख्नासाथ फरार भएका छन् ।
प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीलाई देखेपछि ना ५७ प ७५१८ नम्बरको मोटरसाइकलमा सवार दुई जना व्यक्ति सवारी साधन छाडेर फरार भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले मोटरसाइकलको तलासी लिँदा ११ वटा पोकामा राखिएको ४८ किलो ८३ ग्राम गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीका अनुसार फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ भने लागूऔषध तस्करीमा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान सुरु गरिएको छ । सीमा नजिकका क्षेत्रमा लागुऔषध कारोबार बढ्दो क्रममा रहेको भन्दै प्रहरी प्रशासनले निगरानी कडा बनाएको जनाएको छ ।




