महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ५ पोखरभिण्डामा आइतबार एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय हैदर राईनकी १२ वर्षीया छोरी गुलानज खातुनको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार गुलानज खेल्ने क्रममा पोखरीतिर गएकी थिइन्, तर त्यहीँ डुबेर बेहोस अवस्थामा फेला परेकी थिइन् । परिवार र स्थानीयको सहयोगमा उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । यस दुःखद घटनाले स्थानीय समुदायमा शोकको छाया छाएको छ ।




