बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका १८ मनगढवामा गएराति भीषण आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सहदेव महतोको गोठमा अचानक आगो लागेको हो ।
रातको समयमा भएको उक्त आगलागीले गोठभित्र रहेका गोठालो सामान, घाँसपात तथा अन्य सामग्री पूर्णरूपमा नष्ट गरेको स्थानीयले जनाएका छन् । आगलागीको कारण यतिबेला खुल्न नसकेको भए पनि विद्युत सर्ट सर्किटको आशंका गरिएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । यस आगलागीबाट कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । प्रहरी र स्थानीय प्रशासनले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।




