सर्लाही । सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ भेडहियास्थित परालको टालीबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजतलास गर्दा परालको टालीभित्र लुकाई राखिएको जुटको बोरामा २६ किलो २ सय ६० ग्राम गाँजा फेला पारेको हो ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ । हालसम्म यस घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी जारी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




