सप्तरी । सप्तरी जिल्लाको महादेवा गाउँपालिका ६ ढिक्लीमा गएराति भएको भीषण आगलागीमा दुई दाजुभाइको गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
डम्बर रामको ग्वाली घरमा अचानक लागेको आगो फैलिएर नजिकै रहेको उनका भाइ कमल रामको गोठमा समेत फैलिँदा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको छ । घटनाले स्थानीय बासिन्दालाई आहत बनाएको छ भने प्रशासनले थप सतर्कता अपनाउन आह्वान गरेको छ ।




