बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका २१ आधाभार जङ्गलस्थित सडकमा सोमबार राति सवारी साधनको ठक्करबाट एक अज्ञात पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हाल नाम, थर र वतन नखुलेका करिब ३० वर्षीय ती पैदलयात्रीलाई अज्ञात सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनापछि प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान थालेको जनाएको छ । प्रहरीले मृतकको परिचय खुलाउने प्रयास पनि गरिरहेको छ ।




