सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ४ पटौनास्थित सडकबाट प्रहरीले १५ किलो २ सय ३ ग्राम अवैध लागूऔषध गाँजासहित एक युवकलाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति सिन्धुलीको हरिहरपुर गाउँपालिका ७ का २१ वर्षीय सविन बल हुन् ।
उनी सवार मोटरसाइकल प्रदेश ३–०२–०१० प ८२९३ नम्बरको थियो, जसमा लुकाईछिपाई गाँजा बोकेर हरिवनतर्फ आइरहेका बेला इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका बलसँग बरामद गरिएको गाँजा आवश्यक परीक्षण र प्रमाण संकलनको प्रक्रिया अघि बढाइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ ।




