बारा । बारा जिल्लाको महागढीमाई नगरपालिका ९ कन्चनपुरका ४५ वर्षीय रामशिव सहनी मंगलबार बिहान आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेका छन् ।
सहनीको शव घरभन्दा केही परको खुला स्थानमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको सुरक्षाकर्मीको टोलीले शवको प्रारम्भिक मुचुल्का तयार गरी अनुसन्धान अघि बढाएको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




