सिरहा । सिरहाको लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको परिसरमा सोमबार राति परेको वर्षाले ठूलो मात्रामा पानी जम्न थालेको छ । पानीको निकासको उचित व्यवस्था नहुँदा विद्यालय परिसर जलमग्न भएको छ, जसले विद्यार्थी र शिक्षक कर्मचारीहरूलाई आवतजावतमा कठिनाइ पुर्याएको छ ।
विद्यालयको प्रांगणमा पानीको निकासको व्यवस्था नहुँदा सामान्य वर्षाले पनि ठूलो समस्या उत्पन्न गरेको हो । जमेको पानीले विद्यालयको मुख्य प्रवेशद्वारदेखि कक्षाकोठासम्म हिँड्न असहज बनाएको छ, जसले विद्यार्थीहरूको विद्यालय समयमै उपस्थिती र शिक्षक कर्मचारीहरूको काममा असहजता ल्याएको छ ।
विद्यार्थी र शिक्षक कर्मचारीहरूले यस समस्याप्रति विद्यालय प्रशासनसँग ध्यान आकर्षित गर्दै पानीको निकासको उचित व्यवस्थापन गर्न अनुरोध गरेका छन् । विद्यालय प्रशासनले यो समस्या समाधान गर्न निकास व्यवस्थापनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको छ ।
विद्यालयको मर्मत र सुधारका लागि सम्बन्धित अधिकारीहरूले चाँडै कार्यविधि अघि बढाएर यस समस्याको समाधान गर्नुको साथै विद्यार्थीहरूको शैक्षिक गतिविधिमा कुनै रुकावट नपर्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता स्थानीय समुदायले औँल्याएका छन् ।




