बारा । बारा जिल्लाको फेटा गाउँपालिका १ त्रिवेणीमा करेन्ट लागेर एक ११ वर्षीय बालकको ज्यान गएको छ । मृतक बालक सोही स्थानका शिव शरण दासका छोरा कृष दास हुन् ।
प्राप्त जानकारी अनुसार मंगलबार दिउँसो आफ्नै घरअगाडि रहेको घुम्ती किराना पसलको फ्रिजबाट पानी निकाल्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
तत्कालै उनलाई उपचारका लागि वीरगञ्जस्थित एनएमसी अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि परिवार शोकमा डुबेको छ भने प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




