धनुषा । धनुषा जिल्लाको सबैला नगरपालिका ८ ठिल्लास्थित सडकमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई किशोरको ज्यान गएको छ । मृतकमध्ये एक १८ वर्षीय अमन राय सबैला नगरपालिका ८ का बासिन्दा हुन् भने अर्का १६ वर्षीय अंगज कुमार राय विदेह नगरपालिका ७ जोगियारा निवासी थिए ।
म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा दुर्घटनामा परेका उनीहरू गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको छ । स्थानिय बासिन्दाहरूले सडक सुरक्षा र ट्राफिक सचेतनाको आवश्यकता औंल्याएका छन् ।




