सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ११ चमेली माईस्थित सडकमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ । दुर्घटनामा परेका २० वर्षीय सहमद अंसारी मलंगवा नगरपालिका ११ का स्थानीय बासिन्दा थिए ।
बिआर ३० जे ९५८० नम्बरको मोटरसाइकल सलेम्पुरबाट मलंगवातर्फ आउँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते भएका अंसारीलाई तत्काल उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो ।
तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




