बारा । बारा जिल्लाको देवताल गाउँपालिका ७ रामपुरवामा विद्युत सर्टका कारण भएको आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय ४८ वर्षीय शिव चन्द्र राउत अहिरको कच्ची घरमा बिहीबार बिहान अचानक विद्युत सर्ट भएर आगलागी भएको हो ।
आगलागीका कारण घरसहित घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाडाकुँडा लगायतका सामग्री जलेर करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय वासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




