सिराहा । सिराहा जिल्लाको कल्याणपुर नगरपालिका १ कोयलपुरमा बिहीबार दिउँसो भएको आगलागीमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
स्थानीय २५ वर्षीय शिव कुमार पासवानको घरमा अपराह्न अचानक आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ भने स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । प्रहरीले घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




