सिराहा । सिराहा जिल्लामा बिहीबार र शुक्रबार दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ । सिरहा नगरपालिका ७ स्थित कमला खोलामा १३ वर्षीय बालक मृत फेला परेका हुन् ।
सोही नगरपालिका ४ रमौल निवासी नुर महम्मदका १३ वर्षीय छोरा मो. आशिन बिहीबार मृत अवस्थामा फेला परेका हुन् । घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
त्यसैगरी, भगवानपुर गाउँपालिका ४ ठाडी टोल निवासी ३५ वर्षीय भोगेन्द्र मण्डल (बाहुबली) शुक्रबार बिहान सोही क्षेत्रको एक पोखरीको डिलमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
दुवै घटना बारे प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




