बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका ५ नकटुवाबाट ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेकामा सोही स्थानका २० वर्षीय शेख फैईयाज र आदर्श कोतवाल गाउँपालिका २ खजुरियाका ३५ वर्षीय नितेश कुमार कोईरी रहेका छन् । उनीहरूलाई शनिबार राति करिब ४२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंका लागी जाँच गर्ने क्रममा लागूऔषधसहित फेला पारेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




