बारा । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका २३ स्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
आईतबार बिहान बा प्र ०२–०३९ प १०८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेपछि चालक काठमाडौं महानगरपालिका ३ स्वयम्भूका ३५ वर्षीय उमेश लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गम्भीर घाइते भएका लामो उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन् । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तो घटना दोहोरिन नदिन सडक सुरक्षामा कडाइ र जनचेतना अभिवृद्धिको आवश्यकता देखिएको छ ।




