सिराहा । सिराहा नगरपालिका १७ लचका इनर्वाका १८ वर्षीय छोटु रामको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार राति पिकअप गाडीमा राखिएको साउण्ड सिस्टमबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका रामको आइतबार बिहान ज्यान गएको हो ।
घटनापछि उनलाई उपचारका लागि भारतको जयनगरस्थित अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले कसरी करेन्ट लाग्यो भन्ने विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सामाजिक कार्यक्रम वा प्रयोगका क्रममा साउण्ड सिस्टमजस्ता विद्युतीय उपकरणको सुरक्षामा लापरबाही हुँदा यस्ता घटनाहरू भइरहने गरेका छन् । विद्युत् उपकरण प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।




