बारा । बारागढी गाउँपालिका २ विष्णुपूर्वा बजारस्थित साजन विकको श्री बारागढी सुनचाँदी पसलबाट करिब ३ लाख ७८ हजार ५ सय रुपैयाँ बराबरको सुन तथा चाँदीका गरगहना आइतबार राति चोरी भएको छ ।
चोरीको घटनापछि पसल सञ्चालकले प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले हाल घटनामा संलग्न रहेका फरार व्यक्तिहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ ।
साथै, घटनास्थलमा आवश्यक मुचुल्का उठाउने, सिसिटिभी फुटेज संकलन लगायत अनुसन्धानको काम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय व्यापारीहरूले रातिको सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सम्बन्धित निकायलाई निगरानी र गस्ती बढाउन आग्रह गरेका छन् ।




