रौतहट । मौलापुर नगरपालिका ८ सोनरनियास्थित रबिन्द्र ठाकुरको गोठमा सोमबार बिहान आगलागी हुँदा करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । ५५ वर्षीय ठाकुरको गोठमा अज्ञात कारणले आगलागी भएको जनाइएको छ ।
गोठमा रहेका पराल, दाउरा, अन्नपात र अन्य सामग्री पूर्णरूपमा जलेर नष्ट भएको हो । घटनापछि स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुल्न बाँकी रहेकाले प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ । स्थानीयहरूले यस्ता घटनाबाट बच्न सचेतना तथा पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।




