सप्तरी । खड्क नगरपालिका ५ खर्चुईया चोकमा सोमबार एक युवक मृत अवस्थामा फेला परेका छन् । मृतकको पहिचान विष्णुपुर गाउँपालिका ६ रंजितपुरका ३० वर्षीय पुर्ण भन्ने रमेश रामको रूपमा गरिएको छ ।
स्थानीय बासिन्दाले चोकमा युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि अस्पताल पठाएको जनाएको छ ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । युवकको रहस्यमय मृत्युले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।




