पर्सा । वीरगंज महानगरपालिका १२ प्रतिमा चोकमा बा ४ ख ३९३५ नम्बरको बसको ठक्करबाट ७३ वर्षीय ननक राउत यादवको मृत्यु भएको छ । सोही महानगरपालिका १५ भिष्वा बस्ने यादव मंगलबार दिउँसो साइकलमा सवार हिँडिरहेका बेला उक्त बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल तराई अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ उनको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । घटनामा बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।




