सप्तरी । बिष्णुपुर गाउँपालिका १ खुरहुरीयास्थित सडकमा मंगलबार दिउँसो अनटेष्ट लेखिएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा डाक्नेश्वरी नगरपालिका १ कबिलासा बस्ने १८ वर्षीय चालक दिपक सन्त गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटना बारे इलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




