बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ५ सानो इटवालमा एक कृषकको करेन्ट लागेर मृत्यु भएको छ । ४५ वर्षीय ब्रहमदेव महतोको बुधबार बिहान करेन्ट लागेर ज्यान गएको हो ।
महतो आफ्नै धान खेतमा पानी लगाउनका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा सिटि अस्पताल, कलैयामा उपचारका लागि लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




