सिराहा । सिराहा जिल्लाको लहान नगरपालिका १६ स्थित झिजरी खोला किनारमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । सप्तरीको शम्भुनाथ नगरपालिका १ बस्ने २६ वर्षीया लक्ष्मी कुमारी चौधरी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिएको छ र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । चौधरीको शव पोस्टमार्टमका लागि लहानस्थित अस्पतालमा पठाइएको छ ।




