महोत्तरी । बर्दिबास नगरपालिका ३ गौरीडाँडाबाट अवैध लागूऔषध गाँजा ३० ग्रामसहित २६ वर्षीय देवराज विकलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घटनास्थलमा खटिएको प्रहरीले उनलाई गाँजा सहित पक्राउ गरेको जनाएको छ । थप अनुसन्धानका क्रममा देवराज विकले उक्त गाँजा बर्दिबास नगरपालिका १ लामाटोल बस्ने ६० वर्षीया सुन माया लामाबाट खरिद गरेको खुल्न आएको छ ।
यसपछि प्रहरीले सुन माया लामाको कोठा तलासी गर्दा थप ३५० ग्राम गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरूविरुद्ध आवश्यक कारबाही अघि बढाएको छ भने अनुसन्धान जारी रहेको छ ।




