सप्तरी । सप्तरीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ७ वर्षीया बालिका रहेकी छन् ।
भारत उत्तरप्रदेशको शामली जिल्ला केरना ८१ घर भई हाल सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ मा अस्थायी रूपमा बस्दै आएकी ७ वर्षीया जेनव खातुनको मृत्यु भएको हो ।
शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी जेनवलाई तत्काल छिन्नमस्ता अस्पताल लगिएको भएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त घटनामा अर्का ७ वर्षीय बालक जुविर खान घाइते भएका छन् । दुवै बालबालिकाका परिवार सप्तकोशी नदीको बगर क्षेत्रमा अस्थायी टहरा हालेर बसोबास गरिरहेका थिए ।
प्रहरीका अनुसार घाइते बालकको अवस्था अहिले सामान्य रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।




