रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरस्थित बाग्मती खोलामा डुबेर भारत बिहार सितामढीका २८ वर्षीय हिमान्चु कुमारको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हिमान्चुको खोजी क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी पौराहीबाट खटिएको टोलीले शनिबार बिहान उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




