बारा । सिम्रौनगढ नगरपालिका ६ की ३० वर्षीया जसोधा देवीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । उनले घरमै विद्युतीय मोटर जडान गरिएको पानी तान्ने कलमा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि सिम्रौनगढस्थित धर्मलाल पोली क्लिनिक लगिएको थियो जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




