सर्लाही । लालबन्दी नगरपालिका १४ स्थित डाइनी खोलाबाट करिब १ सय १२ किलोग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय सोमबहादुर तामाङ रहेका छन् ।
सोमबार राति इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले डाइनी खोलामा रोकिराखिएको बीआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु ३३ प ३८९४ नम्बरको मोटरसाइकल जाँच गर्ने प्रयास गर्दा तीन जना व्यक्ति फरार भएका थिए ।
प्रहरीका अनुसार सोमबहादुरलाई नियन्त्रणमा लिएर स्कारपियोको तलासी गर्दा डिक्कीभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा २१ वटा पोकामा राखिएको करिब १ सय १२ किलो गाँजा फेला परेको हो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




