धनुषा । धनुषाको कमला नगरपालिका २ स्थित सराबेमा मंगलबार दिउँसो खाडलमा डुबेर दुई बालकको ज्यान गएको छ । प्रहरीका अनुसार बाटो छेउको खाडलमा जम्मा भएको पानीमा डुबेर दुई बालकको मृत्यु भएको हो । सोही ठाउँका राम बाबु साह टटेरीका ६ वर्षीय छोरा रितित साह र श्याम साह टटेरीका ५ वर्षीय छोरा रितेश साहको मृत्यु भएको हो ।
स्थानीयवासीले डुबेको अवस्थामा फेला पारेका बालकहरूलाई तत्कालै उद्धार गरी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना बारे प्रहरीको टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




