सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित कुशुम पार्टी प्यालेस अगाडि सडकमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा एक वृद्धा महिलाको ज्यान गएको छ ।
गोरखकालीबाट मलंगवातर्फ आउँदै गरेको बीआर ०६ एई ९६६८ नम्बरको कारले ठक्कर दिँदा मलंगवा नगरपालिका ३ बस्ने ७० वर्षीया हसिना खातुन गम्भीर घाइते भएकी थिइन् ।
घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनापछि कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।




