बारा । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका १ चिउटाहा स्थित माइती घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
भारतको अमुवा बस्ने २४ वर्षीया बसन्ती देवीको शुक्रबार साँझ करेन्ट लाग्दा गम्भीर घाइते भइ उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार उनी माइती घरमा बसिरहेकी थिइन् र घटनाका बेला मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो । शवलाई पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




