सिराहा । सिराहाको भगवानपुर गाउँपालिका १ कल्याणपुरस्थित सडकमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ ।
सप्तरीबाट भगवानपुरतर्फ जाँदै गरेको म प्र ०१–००५ प ५०५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सखुवानान्कारकट्टी गाउँपालिका ४ निवासी २९ वर्षीय सुरेश कुमार यादव गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते अवस्थामै उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
दुर्घटनाका कारण बारे स्पष्ट विवरण नआएपनि यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




