पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका ७ स्थित कुमाल टोलमा सोमबार राति सवारी दुर्घटनामा एक अन्दाजी २८ वर्षीय पैदलयात्रीको मृत्यु भएको छ ।
म प्र ०३–००२ स ४३८८ नम्बरको लोडरले ठक्कर दिँदा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा बाराको परवानीपुरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।
दुर्घटनापछि लोडर चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।




