पर्सा । पर्सा जिल्लाको पोखरिया नगरपालिकाबाट मोटरसाइकल चोरी गरेको आरोपमा तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका ४ का १९ वर्षीय रितिक गिरी, २१ वर्षीय राम विश्वकर्मा कुमार राम र १९ वर्षीय कृष्ण महतो नुनिया रहेका छन् ।
बिहीबार राति पोखरिया नगरपालिका ९ बाट ना ५४ प ३८७७ नम्बरको मोटरसाइकल चोरी भएको उजुरीपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूविरुद्ध चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट म्याद थप अनुमति लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । चोरी गरिएको मोटरसाइकल बरामद भएको वा नभएको बारे भने प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन ।




