बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट करिब ४ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका ६ निवासी ४६ वर्षीय घुरन साह र ५४ वर्षीय रसटली साह रहेका छन् ।
बुधबार बिहान नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको बा ४ ख ५९२२ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरूलाई पथलैयास्थित प्रहरी चौकीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गर्दा गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । प्रहरीले गाँजा तस्करीको स्रोत र संलग्न अन्य व्यक्तिको पहिचानका लागि थप अनुसन्धान अघि बढाएको छ ।




