धनुषा । धनुषा जिल्लाका दुई फरक स्थानबाट प्रहरीले बुधबार राति लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बरामद लागूऔषधमा स्पास्मो प्रोक्सिभन, नाइट्राभेट र ब्राउनसुगर जस्तो देखिने पदार्थ रहेका छन् ।
शहिदनगरबाट तीन जना पक्राउ
शहिदनगर नगरपालिका ३ यदुकूहाबाट प्रहरीले स्पास्मो प्रोक्सिभन ३० क्याप्सुल र नाइट्राभेट ७ ट्याब्लेटसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा सिराहा औरही गाउँपालिका २ देवरी परबाहा निवासी २० वर्षीय कृष्णा कुमार पासवान, भारतको दरभंगा थाना रेयम ग्राम पंचायत नयाँ गाउँ निवासी २५ वर्षीय संतोष कुमार पासवान र २५ वर्षीय रामदेव पासवान रहेका छन् ।
इलाका प्रहरी कार्यालय यदुकूहाबाट खटिएको टोलीले उनीहरूलाई तीनकोरियाबाट सबैलातर्फ जाँदै गरेको बीआर ३२ एएक्स ३१२९ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा चेकजाँच गर्दा लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
बिदेहबाट ब्राउनसुगरसहित एक जना पक्राउ
त्यस्तै, बिदेह नगरपालिका १ मैनाथपुर चोकबाट करिब १५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सिराहा कर्जन्हा नगरपालिका २ का २४ वर्षीय महादेव यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको स.४ प ४३२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरी टोलीले लागूऔषधसहित फेला पारेको हो । दुबै घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




