रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका ६ कर्कचस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ ।
बिहीबार साँझ नारायण चोकबाट कटहरीयातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०२१ प ०९९० नम्बरको मोटरसाइकलबाट लडेर कटहरीया नगरपालिका ५ बलिरामपुर टोलकी २५ वर्षीया रन्जना कुशवाहा गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामा वीरगंजस्थित न्यूरो अस्पताल पुर्याइएकी रन्जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




