जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सार्वजनिक पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । आइतबार दिउँसो सोही उपमहानगरपालिका ४ निवासी अरुण ठाकुरका ३ वर्षीय छोरा रिदम ठाकुर पोखरीमा डुबेका थिए ।
डुबेर अशक्त बनेका रिदमलाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




