महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिका ४ बिर्तास्थित जग्गामा सार्वजनिक बोरिङ खन्ने क्रममा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
शनिबार साँझ प्र १-०४००१ क ००५९ नम्बरको गाडीमा जडान गरिएको डिबोरिङ खन्ने मेसिनबाट करेन्ट लाग्दा भारतको सजानपुर दौलतपुर निवासी ३१ वर्षीय रबिन्द्र सिंह गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारका लागि लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।




