धनुषा । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ मरना निवासी १८ वर्षीय राजनन्दन यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै खेतमा विद्युतीय मोटरमार्फत पानी पठाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




