सर्लाही । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका ६ बाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका १३ श्रीनगरका ३७ वर्षीय मनोज कुमार महतो सहित उनका एक जना साथीसहित छन् ।
मंगलबार दिउँसो प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले बसवपुरबाट हरिपुर्वातर्फ आउँदै गरेको ज ६ प २३६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।
उनीहरूलाई रोकेर तलासी लिँदा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । पक्राउ परेकाहरू माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




