बारा । सिम्रौनगढ नगरपालिका ११ भगवानपुर पिपलबोटस्थित सडकमा बुधबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको हो ।
प्र ०२–००३–००१ ख ६६७ नम्बरको टिपरले म प्र ०३–०३१ प ५५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पचरौता नगरपालिका ५ सखुवाड निवासी ३५ वर्षीय हिरालाल मुखीयाको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मुखीयालाई उपचारका लागि वीरगंजस्थित एनएमसी अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार अर्का एक जना व्यक्ति घाइते भएका छन्, जसको उपचार सोही अस्पतालमा भइरहेको छ । दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटना बारे थप अनुसन्धान भइरहेको छ ।




