बारा । बारा जिल्लाको महागढीमाई नगरपालिका ६ बबुआइनमा ट्याङ्कीमा डुबेर एक साढे दुई वर्षीय बालकको ज्यान गएको छ । स्थानीय राजेन्द्र यादवका छोरा प्रिन्स यादवको बिहीबार राति आफ्नै घरभित्र बनाइएको पानी राख्ने ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।
परिवारका सदस्यहरूले बालकलाई पानीको ट्याङ्कीमा डुबेको अवस्थामा फेला पारेपछि तत्काल उद्धार गरिएको थियो, तर उनको ज्यान जोगाउन सकिएन । प्रहरीका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको छ ।




