बारा । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका १० देवापुर टेटामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार राति ३० वर्षीय सन्जुर मियाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मिया विद्युतीय मोटर प्रयोग गरी पानी तानेर नुहाउने क्रममा अचानक करेन्ट लागेको थियो । गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो ।
मृतक सन्जुर मिया घरमै मोटर चलाएर पानी तान्ने क्रममा करेन्ट लागेका थिए । घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले नागरिकलाई यस्ता उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।




