महोत्तरी । महोत्तरीको साम्सी गाउँपालिका ५ स्थित पोखरभिण्डा ब्रह्मस्थानबाट विभिन्न प्रकारका नियन्त्रित लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुकी बर्दिवास नगरपालिका १४ रानाटोल बस्ने २८ वर्षीय संजित महतो भारतबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका हुन् ।
प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको टोलीले मधेश प्रदेश ०२–००५ प ८८१२ नम्बरको मोटरसाइकलमा सवार महतोलाई चेकजाँच गर्ने क्रममा नियन्त्रित लागुऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार महतो कहाँबाट नाईट्राभेट १५ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, फेनारगन ३ एम्पुल, डाईजेपाम ३ एम्पुल र नोफिन ३ एम्पुल बरामद गरिएको छ ।
पक्राउ परेका महतोलाई थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्र हुँदै लागुऔषध ओसारपसार भइरहेको भन्दै निगरानी कडा बनाएको बताएको छ ।




