धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिका ४ स्थित चमेनीमाई मन्दिर नजिकै एक युवती आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक युवतीको नाम, थर र वतन खुल्न सकेको छैन । अन्दाजी २५ वर्ष जति उमेरकी देखिने ती महिलाको शव चमेनीमाई मन्दिर नजिकैको खाली स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।
शवको प्रारम्भिक अनुसन्धान तथा पहिचानका लागि प्रहरी टोली घटनास्थलमै पुगेर आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




