सिराहा । सिराहाको गोलबजार नगरपालिका ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित २० वर्षीय राकेश कुमार महतोलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
महतो सोही ठाउँमा डेरा गरी बस्ने अर्नमा गाउँपालिका ३ हरकट्टा घर भएका हुन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनलाई उक्त लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरी, सिराहा गोलबजार नगरपालिका ६ स्थित गोलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने १ ग्राम ३० मिलिग्राम पदार्थसहित ४३ वर्षीय श्याम कुमार साहलाई पनि मंगलबार राति पक्राउ गरिएको छ ।
उनी सोही ठाउँ बस्ने र मोटरसाइकलमा सवार भएर सैनिक चोकतर्फ जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




