पर्सा । वीरगंज महानगरपालिका १९ बस्ने महन्थ यादवको गोठमा गएराति आगलागी भएको छ । आगलागीबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको स्थानीय स्रोतले जनाएका छन् ।
त्यस्तै, रौतहट, चन्द्रपुर नगरपालिका ३ प्रणामी टोल बस्ने श्रीना प्रसाद दुलालको गोठमा मंगलबार राति आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
दुवै घटनाको अनुसन्धान प्रहरीले सुरु गरेको छ भने आगलागीका कारण र क्षतिको विवरण संकलन भइरहेको छ । स्थानीय प्रशासनले प्रभावित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।




